|

बैतडी : आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरूले आ आफ्ना उम्मेदवारको टुंगो लगाएका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवैका उम्मेदवारको टुंगो लगाएको हो। 

वडा अध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका १ पुर्चौडी नगरपालिका ४ र दोगडाकेदार गाउँपालिका ४ मा अगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका ४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका ४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए।

यस्तै, कांग्रेसले  सुर्नया गाउँपालिका १ को वडा वडाध्यक्षमा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका ४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका ४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका सचिव बीरबहादुर बिष्टले बताए। 

उम्मेदवार टुंगो लागेसँगै नेकपा र कांग्रेस दुबैले प्रचार-प्रसारमा तिब्रता दिएका छन्। यसका साथै साना दलहरूले पनि आफ्ना उम्मेदवारको टुंगो लगाउन आन्तरिक तयारी गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.