|

जुम्ला : जुम्ला बजारको चोकचोकमा फोहोर थुप्रिएर दुर्गन्धित बनेको छ। चन्दननाथ नगरपालिकामा दैनिक रूपमा निस्कने फोहोरमैलाको व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको हो।

नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्नको लागि डम्पिङ साइट निर्माण नहुँदा चोकचोकमा थुप्रेको फोहोरले जुम्ला बजार डम्पिङ साइट बनेको स्थानीयको भनाइ छ।  बजारमा १ दैनिकरूपमा ४० क्विन्टल बराबर फोहोर निस्कने गरेको र यसलाई नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो।

यसअघि नगरपालिका-५ स्थित रिचेगौडीका एक स्थानीयको खेतमा अस्थायी डम्पिङ साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको थियो। केही समयसम्म फोहोर फाल्नका लागि त्यो ठाउँ लिएका र अहिले भरिएर फाल्नै नमिल्ने भएको छ।

फोहोर फाल्ने अर्को ठाउँ नभएकाले एक महिनादेखि फोहोर बजारमै थन्किएको छ। नगरपालिका-२ भण्डारीवाडा नजिकैको दुनादुनैमा रहेको स्थायी डम्पिङ साइट भने प्रयोगमा ल्याउन सकिरहेको छैन। त्यहाँसम्म जाने सडक स्थानीयले अवरोध गरिरहेका कारण फोहोर उठाउन नसकिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै, केही महिना पहिले वडा नं. ५ को वडा कार्यालयले कृष्ण मन्दिर पछाडि मोटोसाइकल पार्किङको व्यवस्था गरेको थियो। एउटा मोटोसाइकल पार्किङ गरेबापत दश रुपैयाँ शुल्क निले गरी दुई युवालाई खटाइएको थियो। तर, अहिले उक्त पार्किङ फोहोर क्षेत्र पनि फल्ने डम्पिङ साइट बनेको छ।

यता, नपरपालिकाले भने दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को तयारी भइरहेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.