|

काठमाडाैं : युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने बताए।

काठमाडाैंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रतियोगिता सञ्चालन हुने स्थानका भौतिक संरचना निर्माण र तयारी पनि तीब्र गतिमा भइरहेको बताए।प्रतियोगिता तोकिएको समयमा नहुने हो कि भनेर अन्योलतासँग जोडेर गरिएका टिकाटिप्पणी प्रति लक्षित गर्दै मन्त्री विश्वकर्माले मंसिर पहिलो हप्ताभित्र सबै भौतिक संरचनाको निर्माणको काम सम्पन्न हुने बताए।

‘मैले स्यावासी र प्रशंसा खोजेको होइन। मंसिर १५ गतेको साग गेमको मिति तलमाथि हुँदैन', उनले भने, ‘परिस्थिति हाम्रो काबुमा छ। पूर्वाधारको कुनै समस्या छैन। अहिलेको कामको प्रगति हेर्दा विश्वासको आधार तय भएको छ।’

उनले सागको लागि नेपाली खेलाडीलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भइरहेको, विदेशी पाहुनालाई आमन्त्रण गर्ने काम पनि भइसकेको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.