|

मकवानपुर : साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन्। 

पक्राउ परेका मण्डलले मुख्य अभियुक्त केशरीलाई एसिड किन्न सघाउनुका साथै एसिड आक्रमणपछि आफ्नो मोटरसाइकलमा राखेर हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको मुख्य प्रवेशद्वार नजिक पुर्‍याई त्यहाँबाट वीरगञ्जतर्फ जाने बसमा चढाएको आरोप छ।

विसं २०७० वैशाख ९ गते हेटौँडाकी १९ वर्षीया किशोरी कंशाकारमाथि केशरीले एसिड छ्यापेका थिए। भारतीय नागरिक केशरीलाई बारा प्रहरीको सहयोगमा मकवानपुरको प्रहरी टोलीले कात्तिक १५ गते बाराबाट पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.