काठमाडौंः भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरोधमा राष्ट्रवादी केन्द्र नेपालले माइतीघर मण्डलमा अगाडि प्रदर्शन गरेको छ। भारतले कालापानी लगायतका नेपाली भूभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो।
सरकारले कालापानीबाट भारतीय सैनिक हटाएर मात्र वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले बताए। राष्ट्रिय मुद्दामामा सबै एकजुट हुनुपर्ने बताए। सरकारले यसमा दरो गरेर खुट्टा टेक्नुपर्ने उनको भनाइ छ।
प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणहरू सहभागी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।