काठमाडौं : भारतले नेपाली भूमि मिचेर नक्सा जारी गरेको विरोधमा विद्यार्थीहरु स्वतःफुर्त सडकमा निस्किएका छन्।
राजधानीको माइतीघरमा जम्मा भएर उनीहरुले बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। विद्यालयको पोशाकमै प्रदर्शनमा सहभागी भएका उनीहरुले भारतीय अतिक्रमणविरुद्ध नाराबाजी पनि गरेका थिए।
विप्लवनिकट विद्यार्थीले गरेको प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गरेको छ। माइतीघरबाट बबरमहल आइपुगेपछि प्रहरीले लाठीचार्ज गरेर तितरबितर गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।