|

ताप्लेजुङ : १ सय ३५ औँ फाल्गुनन्द जयन्तीको अवशर पारेर ताप्लेजुङमा दुई पुस्तक विमोचन गरिएको छ। लेखक शान्तिराम नेपालद्धारा लिखित ‘रात चियाउने जुन’ कथा संग्रह र गजलकार होमनाथ दाहालद्धारा लिखित ‘रहर’ गजल संग्रह विमोचन गरिएको हो।

दुवै पुस्तकको संयुक्त रूपमा आइतबार फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले विमोचन गरे। ‘रात चियाउने जुन’ कथा संग्रहमा २८ वटा कथा समावेश गरिएको लेखक नेपालले जानकारी दिए। पुस्तक विमोचन गर्दै नेपालले पुस्तकमा रहेका कथा छोटो र सरल रहेको बताउँदै भने ‘पुस्तक युग सापेक्ष छ।’

नेपालका अनुसार यो कथासंग्रह मनोवैज्ञानिक विषयमाथि केन्द्रीत छ। ‘सामाजिक यौन मनोविज्ञान र समाजले स्वीकार गर्न नसकेका कतिपय तथ्यको यो पुस्तकले उजागर गरेको छ’, उनले भने। साहित्यकार नेपालले यसअघि दुईथुङ्गा फूल, पाथीभरा भजन सहित ३ वटा गीत रेकर्डिङ गरिसकेका छन्।

यस्तै गजलकार होमनाथ दाहालद्धारा लिखित ‘रहर’ गजल संग्रहमा ८६ वटा गजल संग्रहित छन्। श्रृंगारिक तथा वैचारिक शैलीका गजल संग्रहित गरिएको गजलकार दाहालले बताए। ‘जीवनका भोगाइलाई समेटेर गजल संग्रह प्रकाशित गरेको छु’ दाहालले भने ‘यो मेरो पहिलो कृति हो आगामी दिनमा अन्य कृति पनि प्रकाशित गर्ने योजना छ।’

कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पुस्तक विमोचनसहित खुला कविता वाचन प्रतियोगितासमेत सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार प्रतियोगिताका विजेताहरुलाई चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कार मार्फत सम्मान गरिएको छ। 

प्रतियोगितामा लक्ष्मी चुँडाल, उत्तमधोज केसी, नियारफुङ मादेन र मिराक लिम्बू क्रमसः प्रथम, द्वितीया, तृतिया र सान्तवना भएका छन्। उनीहरूले १ बजार वरावरको पुस्तकसहित नगद ४ हजार, २५ सय र १ हजार प्राप्त गरेका छन् भने सान्तवना हुनेले १ हजार नगद प्राप्त गरेका छन्। विजेताहरुलाई चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कार प्रायोजकका दाई कीर्तिमान मादेनले पुरस्कार वितरण गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.