|

डडेल्धुरा : डडेल्धुरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाइएको छ। भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको हो।

आइतबार साँझ नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकाको भीमदत्त चोकमा मोदीको पुत्ला जलाएको हो। भारतीय विस्तारवाद र नेपाल सरकारको मौनताविरुद्ध समेत नेविसंघ डडेल्धुराले विरोध प्रदर्शन गरेको छ।

‘लिपुलेक, कालापानी हाम्रो हो, नरेन्द्र मोदी मुर्दावाद, ज्यान दिन तयार छौँ आफ्नो भूमि छोड्दैनौं’ लगायतका नारा प्रदर्शनकारीले लगाएका थिए।

‘अमरसिंह थापाका सन्तान हामी अमरगढीको भूमिबाट भारतीय विस्तारवाद र नेपाल सरकारको मौनतालाई यो चुनौती दिन चाहान्छौं कि बरू प्राण त्याग्छौं तर एक चिम्टी माटो गुमाउँदैनौं’ लेखिएको ब्यानरसहित उनीहरुले जिल्ला सदरमुकाम क्षेत्रमा प्रदर्शन गरेका हुन्।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा समावेश गरिएको छ। भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालीले सामाजिक सञ्जालबाट पनि कडा विरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.