|

हेटौंडाः साढे ६ बर्ष अघि हेटौँडाकी विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका दुई अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले ७ दिनको म्याद थप गरेको छ। 

अदालतबाट प्रहरीलाई दुवै अभियुक्तलाई हिरासतमा राखि थप अनुसन्धानका लागि आइतबार ७ दिनको म्याद थप भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। यसअघि घटनाका मुख्य अभियुक्त भारतीय नागरिक दिलिपराज केशरीलाई थप गरिएको १० दिनको म्याद सकिएको थियो।

थप अनुसन्धानका लागि पुनः म्याद थपका लागि उनलाई अदालत पेश गरिएको थियो। त्यस्तै, घटनाको मतियारको रुपमा शुक्रबार पक्राउ गरिएका अर्का अभियुक्त सन्जय मण्डललाई पनि ७ दिन म्याद थप गरिएको छ। उनलाई पहिलो पटक अदालत पेश गरिएको थियो।

मण्डललाई केसरीलाई आफ्नो मोटरसाइकल प्रयोग गरी भगाउन सहयोग गरेको अभियोग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.