|

काठमाडौं : बंगलादेशमा जारी एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ। ढाका मिरपुरस्थित शहीद सुह्रावर्दी इन्डोर स्टेडियममा आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३—० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

पहिलो सेटमा २५–१५ ले जितेको नेपालले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित्यो। उपाधि दाबेदार नेपालले हिजो पहिलो खेलमा अफगानिसस्तानलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको थियो।

 नेपालले भोली बंगलादेश र पर्सि माल्दिभ्ससँग प्रतिष्पर्धा गर्नेछ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको च्याम्पियनसीपमा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामानेपालसहित किर्गिजस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.