|

पर्सा : पर्साका एक व्यापारीले ३ करोड ३५ लाख ५१ हजार ६२८ कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका छन्। 

आर्थिक नगरी वीरगन्जको माईस्थानमा संचालित जानकी ट्रेडर्सका प्रोपाइटर दिपेन्द्र पासवान यत्रो कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका हुन। 

उनले नक्कली बिल प्रयोग गरी भ्याट छली गरेको फेला परेको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको हो। व्यापारी पासवानले नक्कली भ्याट बिलतर्फ १ करोड १५ लाख ५१ हजार ६२८ रुपैया र आयकर तर्फ २ लाख २० हजार गरी कलु ३ करोड ३५ लाख ५१ हजार ६२८ रुपैयाँ कर छलेको पुष्टि भएपछि जेल चलान गरिएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ।  

नक्कली बिल बिजक, आयकर, भ्याट जताततै कर छली राज्यलाई झुक्याई रहेको पुष्टि भएपछि गएको कार्तिक २२ गते यस्तो निर्णय भएको आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए। शुक्रबार निर्णय भए पनि शनिबार र आइतबार बिदा हुँदा सोमबार मात्र यो निर्णय कार्यान्वयन आएको उनको भनाइ छ।   
व्यापारी पासवानको फर्मको अनुसन्धान गर्दा आर्थिक वर्ष २०७१/०७२ मा दुईवटा फर्म र २०७३/०७४ मा चारवटा फर्मको नक्कली भ्याट बिल प्रयोग गरेर भ्याट छली गरेको फेला परेकोले कर, जरिवाना, थप दस्तुर र व्याज समेत गरी उक्त रकम निर्धारण गरिएको राजश्व कार्यालय पर्साको तर्क छ। 

उनले शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरण देखाएको सो खरिदलाई पुष्टी गर्ने कुनै बिजक प्रमाण नै पेश गर्न नसकेकोले झुट्टा विवरण पेश गरेको पनि पुष्टि भएको बताए।

त्यसैले आर्थिक वर्ष २०७१/०७२ देखि ०७५/०७६ सम्मको कारोबारको छानविन, अनुसन्धानबाट उनी कसुरदार ठहर भएको राजश्व कार्यालयले जनाएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.