|

काठमाडौं : समायोजनमा डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकामा खटाइएकी शिक्षा समूहकी उपसचिव सविता दंगाल समायोजन गरिएको ठाउँमा एकपटक पनि गइनन्। हाल उनी काठमाडौंमा छिन्। काठमाडौंमै बसेर उपसचिवले पाउने सबै सेवासुविधा लिइरहेकी छिन्।

उनले संघमा समायोजन हुन चाहे पनि समायोजनमा उनी डोल्पमा खटाइन्। समायोजन गरिएको ठाउँमा नजान उनले गत चैत १२ मा सर्वोच्चमा मुद्दा दायर गरिन्। सर्वोच्चले दंगाललाई समायोजनामा खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन ५ को निर्णय कार्यान्वयन नगर्न र समायोजनअघिकै कार्यालयमा यथावत रुपमा हाजिरी गराउन सरकारको नाममा अन्तरिम आदेश जारी ग¥यो। हाल दंगाल ठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा हाजिरी गर्ने गरेकी छिन्।

सर्वोच्चमा मुद्दा दायर गरेका उपसचिवलाई सरकारले जिम्मेवारी दिएको छैन। तर, सेवा सुविधा भने समायोजन हुनुअघिको कार्यालयबाट लिइरहेका छन्। शिक्षा समूहका २९ जना उपसचिवले यसरी नै काम नगरी तलबसुविधा लिइरहेको समाचार नागरिक दैनकिमा छ। 

सामान्य प्रशासन मन्त्रालयले फागुन ५ मा देशभर कार्यारत उपसचिवलाई एकैपटक समायोजन गरेको थियो। जसमा स्वास्थ्य सेवाबाहेक तीन हजार ६१९ उपसचिवलाई समायोजन गरिएको थियो। समायोजनपछि स्थानीय तहमा ८०२, प्रदेशमा एक जार ६२५ र संघमा तीन हजार २५४ उपसचिवको दरबन्दी संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेमा कायम गरिएको छ। समायोजनमा स्थानीय तहमा खटाइएका उपसचिवमध्ये करिब १०० जना उपसचिवले भने समायोजको निर्णयविरुद्ध छुटुटाछ्ुट्टै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.