|

चितवन : गुडिरहेको टिपरबाट खस्दा चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको गोरुवा गाउपालिका–५ का २० वर्षीय तीर्थबहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सोमबार राप्ती नगरपालिका–५ भण्डारास्थित भित्री सडक खण्डमा भण्डारा चोकतर्फ जाँदै गरेको ना ३ ख ३७७८ नम्बरको टिपरबाट खसेका थारु गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक थारु सोही टिपरका सहचालक रहेको प्रहरीले जनाएको छ। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.