स्वास्थ्य अवस्था क्रिटिकल, जुनसुकै बेला आसियू चाहिन सक्ने

|

काठमाडौं : डडेल्धुरामा पुगेर अनशन बसेका डा. गोविन्द केसीलाई उपचारका लागि ‘स्पेसल केयर’का एकजना फिजिसियन चिकित्सकलाई डडेल्धुरा पठाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डा. राजेश मण्डललाई डडेल्धुरा खटाएको हो। काठमाडौं ल्याउने प्रयास विफल भएपछि सरकारले डा. केसीको उपचारका लागि फिजिसियन पठाएको हो। डा. मण्डल मंगलबार बिहानै डडेल्धुरा अस्पताल पुगेका छन्।

यता, डडेल्धुरा अस्पताल प्रमुख डा. जितेन्द्र कडेलले पनि केसीको उपचारको लागि डा. मण्डल आएको बताए। उनले डा. केसीको स्वास्थ्यको पारामिटर खस्कदै गएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा भेरी अस्पतालबाट डा. मण्डल आएको डा. कडेलले बताए।

'हामीले दुई दिनअगाडि नै उहाँलाई सुविधा सम्पन्न अस्पताल लानुपर्छ भनेका छौँ, स्वास्थ्य अवस्था एकदम क्रिटिकल छ' उनले भने 'जुनसुकै बैला आसियू चाहिने अवस्था छ। बिहान आउनु भएको डा. मण्डलले उहाँको उपचार सुरु गरिसक्नु भएको छ। तर, तत्काल आसियुमा राख्न परे हामीसँग आसियू छैन।‘

आन्दोलनरत मेडिकल विद्यार्थीका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गर्नु पर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नु पर्ने, संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवन्डाबाट रोकी पीडि़तको मागअनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गर्नुपर्ने माग राख्दै १७ औँ अनशनरत छन्। आज ९ दिनसम्म आइपुग्दा केसीको अनशनप्रति सरकारले चासो देखाएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.