|

काठमाडाै‌ं : नेपाल बंगलादेशमा जारी पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार घरेलु टोलीमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपालले एक खेल अघि नै फाइनलमा स्थान बनाएको हो। लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले बंगलादेशविरुद्ध पहिलो सेट २५-७, दोस्रो सेट २५-६ र तेस्रो सेट २५-६ ले जित्यो।

नेपालकी सुनिता खड्का वुमन्स अफ दि म्याच घोषित भइन्। जितसँगै नेपालको ३ खेलबाट ९ अंक भएको छ।

नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो। नेपालले लिग चरणको अन्तिम खेलमा भोलि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

भोलिको खेलबाट शीर्ष स्थानमा रहने टोलीको टुंगो लाग्नेछ। माल्दिभ्सको ८ अंक छ। किर्गिस्तान ४ अंकसहित तेस्रो, बंगलादेश ३ अंकसहित चौथो स्थानमा रहेको छ भने अफगानिस्तान अंकविहीन छ। राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.