|

सप्तरी : सप्तरी जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा मंगलबार बिहान भएको आगलागीमा करिब डेढ लाख रुपैयाँको धनमाल क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार बिहान करिब ११ बजेतिर विष्णुपुर गाउँपालिका १ खुरहुरियाका सीताराम यादवको फुसको भान्सा घरमा खाना पकाउने क्रममा चुल्होबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको हो। आगलागीमा फुसको घर आंशिक रूपमा जल्नुका साथै घरभित्र रहेका लत्ता कपडा, अन्नपात गरी करिब ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुस्त मनस्थितिकी यादवकी छोरी करिब १६ वर्षीया संगीता कुमारी यादव आगलागी देखेर बेहोस भएपछि तत्काल उद्धारपछि स्थानीय मेडिकलमा उपचार गरिएको छ। आगलागी करिब १२ बजेतिर स्थानीय प्रहरी र गाउँलेको सहयोगमा पूर्णरूपमा निभाइएको छ।

जिल्लाको रुपनी गाउँपालिका ३ कमरी टोलमा मंगलबार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको छ। स्थानीय विनोदकुमार मण्डलको टिनको छानो भएको फुसको घरमा जडान गरिएको विद्युतीय तार सर्ट भई आगलागी हुँदा घर जल्नुका साथै घर भित्र रहेको लत्ताकपडा, अन्नपात, एक थान मोबाइल गरी अन्दाजी एक लाख पाँच हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मानवीय र पशु चौपया क्षति नभएको आगलागी प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.