अपराध प्रमाणित गर्न प्रहरीलाई चुनौती

|
फाइल तस्विर

रौतहट : नेपाल बार एसिसिएनका पूर्वअध्यक्षद्वय शेरबहादुर केसी र प्रेमबहादुर खडकाले नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताव आलमलाई राजनीतिक पूर्वाग्रहका कारण फसाइएको आरोप लगाएका छन्। आलमका पक्षबाट थुनछेक बहसमा सहभागी नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय केसी र खडकाले उक्त दाबी गरेका हुन्।

जिल्ला अदालत रौतहट ४ नम्बर इजालसका न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार बहस गर्दै बारका पूर्वअध्यक्ष खड्काले २०६४ चैत्र २८ गते भएको संविधानसभा निर्वाचनको पूर्वसन्ध्या अर्थात् मौन अवधिमा प्रत्यासी साह १५ जनासहित घटनास्थल कसरी पुगेर घटनाको प्रत्यक्षदर्शी बनेको प्रमाणित गर्न प्रहरीलाई चुनौती दिएका छन्।

यसैगरी, बारका अर्का पूर्वअध्यक्ष केसीले पनि कांग्रेस नेता आलमलाई राजनीतिक कारणले फसाइएको बताए। सोमबार अदालतमा बहस गदै पूर्वअध्यक्ष केसीले फर्जी कागज बनाएर प्रहरीले आलमलाई फसाएको बताए।

सोमबार आलमको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे ‘भुषण’ र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए।

सोमबारदेखि सुरु भएको आलम पक्षको बहसमा मंगलबार दुई वरिष्ठ अधिवक्तासहित तीनजना अधिवक्ताले बहस गरेका थिए। वरिष्ठ अधिवक्ताद्वय खड्का र युगनाथ खनालसहित अधिवक्ता सतिश कुमार झा र अन्य २ जना अधिवक्ताले आलमको पक्षमा बहस गरेका थिए।

बहस बुधबार पनि जारी रहने जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। २०६४ चैत्र २७ गते जिल्लाको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह पिन्टु र ओसी अख्तरसहित २३ जना भन्दा बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही अगाडि बढाए छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.