सम्पत्तिको पछि लाग्दा कम्युनिष्टहरू सकिन्छन्

|

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको केही हप्तामै वर्तमान सरकारको मन्त्रिमण्डल फेरबदल हुने बताएका छन् । 

नेकपा हरिहरपुरगढी गाउँपालिका कमिटि सिन्धुलीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले मन्त्रीमण्डल फेरबदल हुने बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीचमा मन्त्रिमण्डल हेरफेरबारे कुराकानी भएको जानकारी श्रेष्ठले दिए। 

‘एउटै मन्त्री ५ वर्षसम्म बसिरहने गरि स्थायी नियुक्ति जस्तो होइन’, उनले भने, ‘मन्त्रिमण्डल हेरफेर हुन्छ। यसबारे केही दिनमै प्रधानमन्त्रीले निर्णय लिनुहुन्छ।’

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीज (थ्रीपी) को गलत प्रयोग बढ्दा कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताए। पछिल्लो समय कम्युनिष्ट पार्टीमा आफूमात्रै पदमा बस्नुपर्ने चरित्र देखिन थालेको भन्दै उनले चिन्ता जनाए । 

‘आफू मात्रै अघि बढेर अरु अगाडी नबढुन् भन्नेजस्तो निषेधको प्रवृत्ति बढेको छ’, उनले भने, ‘जनताको जनजीविकाका सवाल शक्तिको दुरुपयोग गरेर सम्पत्ति जोड्न कमाऊ धन्दामा लाग्ने प्रवृत्ति बढेको छ।’

श्रेष्ठले अहिलेको अवसर सदुपयोग गर्न नसकिए कम्युनिष्ट पनि कांग्रेस जस्तै हुने चिन्ता व्यक्त गरे। उनले नेपालबाट कम्युनिष्ट पार्टीको अवशान हुनसक्नेतर्पm पनि सचेत गराए 

अन्तरपार्टी संघर्ष कम हुने गरेको र वैचारिकरुपमा फरक मत राख्नेलाई निषेध गर्दा पार्टीमा जनवाद तथा मार्क्सवाद नहुने बताउँदै उनले व्यक्तिवाद हाबी भएको उल्लेख गरे। ‘यस्तो प्रवृत्तिले कम्युनिष्ट आन्दोलन  नै कता जाँदैछ भन्ने कुरामा अन्योल देखिन थालेको छ’, उनले भने। 

पार्टीमा जनवादी केन्द्रीयताको अभ्यास कम हुँदा विचारको संगठन निर्माण नहुने, व्यक्तिगत स्वार्थका लागि गुट निमार्ण भइ गुटको विकासले वैचारिक बहस निषेध हुने तर्फ चिन्ता जनाए। श्रेष्ठले गुटको स्वार्थले पार्टीको विचारलाईसमेत पाखा लगाएर व्यक्तिवाद बढ्ने तर्क गरे ।

कार्यक्रममा नेता श्रेष्ठले पार्टीको सांगठनिक एकीकरणलाई भोली बस्ने स्थायी कमिटीको बैठकले पूर्णता दिने बताए । उनले राजनैतिक प्रतिवेदन पार्टीको कार्यदिशा तथा वैचारिक विषय जनतामाझ पुर्याउने गरि अघि बढ्ने पनि उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.