|

धनगढी : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-९ मा मोटरसाइकलले गोरुगाडालाई ठक्कर दिई भएको दुर्घटनामा तीनजना घाइते भएका छन्।

से १ ब १२९७ नम्बरको मोटरसाइकलले गोरुगाडालाई ठक्कर दिएपछि दुर्घटना भएको हो। मोटरसाइकल चालक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर रहेको प्रहरीले जानकारी दिएको छ। 

कुँवरले गौरीगंगा -१० टीकाराम चौधरीको गोरुगाडालाई ठक्कर दिदा टिकारामसँगै अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनले मादक पदार्थ पिएर चलाइरहेको मोटरसाइकल दुर्घटनामा परेपछि प्रहरीले पक्राउ गरेको हो। 

घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइतेको अवस्था समान्य रहेपनि स्वकीय सचिव कुँवरले चलाएको मोटरसाइकल नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। स्वकीय सचीव कुँवर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.