|

काठमाडौं : दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मालावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्यूरोले उद्धार गरेको छ।

अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरु सोमबार राति काठमाडौं आइपुगेका छन्। चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए। एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्‍याउने आश्वासन दिएको  थियो।

शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरुलाई ब्यूरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ। 

गिरोहले उनीहरुलाई भियतनाम, इथियोपिया, मदागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्‍याएको थियो। प्रारम्भिक बयानमा उनीहरुले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.