भारतीय तीव्र बलर दीपक चाहरले सैयद मुश्ताक अली ट्रफीमा मंगलबार विदर्भविरुद्ध ह्याट्रिकसहित चार विकेट हासिल गरे। उनको यो पछिल्लो तीन दिनमा दोस्रो ह्याट्रिक हो। राजस्थानका लागि खेलेका चाहले तीन ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए।
यस दौरान चाहरले एक मेडन पनि फालेका थिए। चाहरले यसअघि आइतबार बंगलादेशविरुद्ध टी–२० सिरिजको अन्तिम खेलमा ह्याट्रिकसहित ६ विकेट लिंदै सनसनीपूर्ण प्रदर्शन गरेका थिए। उनी म्यान अफ द म्याच र म्यान अफ द सिरिज पनि चुनिएका थिए।
चाहरले दर्शक निलंडे, श्रीकान्त वाघ र अक्षय वोडेकरको लगातार तीन बलमा आउट गरेका थिए। उनको प्रदर्शनको मद्दतमा राजस्थानले विदर्भलाई ९९ रनमा समेटेको थियो। वर्षाका कारण २० ओभरबाट खेल १३ ओभरमा झारिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।