काठमाडौं : कामना विकास बैंकले एकै दिनमा ५२ शाखा कार्यालय संचालनमा ल्याएकाे छ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल प्रविधिको सहायताले ५२ शाखाकाे उद्घाटन गरेका हुन्। केन्द्रीय कार्यलय उद्घाटनका क्रममा उनले ५२ शाखा कार्यालय उद्घाटन गरेका हुन्।
बैंकले प्रदेश १ मा १३, प्रदेश २ मा ११, ३ मा १० र गण्डकी मा ६ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। त्यस्तै, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ४ शाखा कार्यालय एकै दिनमा सञ्चालनमा ल्याएकाे हाे।
याेसँगै बैंकका १०३ शाखा पुगेका छन्। बैंकमा ८०० कर्मचारी आबद्ध रहेका छन्। बैंकमा २६ अर्बकाे डिपाेजिट छ भने साढे २२ अर्ब ऋण प्रवाह गरेकाे छ। बैंक प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्न बैंक अब्बल रहने प्रतिबद्धता जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।