|

बोलिभियाकी विपक्षी सांसद जिनाइन एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन्। 

दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरालेसले गत आइतबार पदबाट राजीनामा गरेका थिए। जिनाइनले आफैँलाई राष्ट्रपति घोषणा गर्दै गर्दा मोरालेसका पार्टीका सांसदहरूले सदन बहिस्कार गरेका थिए। जिनाइनले आफ्नो नियुक्ति संवैधानिक रहेको दावी गर्दै छिट्टै चुनाव गराउने वाचासमेत गरिन्।

मोरालेसले जिनाइनको नियुक्तिलाई ‘दक्षिणपन्थी कु’ भनी टिप्पणी गरेका छन्। आफ्नो ज्यान खतरामा रहेको भन्दै आइतबार राजीनामा दिएका मोरालेसले लगत्तै मेक्सिकोमा शरण लिएका थिए। उनको राजीनामाअघि विवादास्पद राष्ट्रपतीय निर्वाचनलाई लिएर बोलिभियामा एकसाता लामो विरोध प्रदर्शन भएको थियो। ‘रक्तपातको सम्भावना टाल्न’ राजीनामा दिएको मोरालेसको जिकिर छ।

जिनाइन कसरी राष्ट्रपति बनिन् ?

मंगलबारको सिनेट बैठकमा हावी भएकी जिनाइनले आफूलाई राष्ट्रपतिको दावेदारको रुपमा प्रस्तुत गरिन्।  उनले भनिन्, ‘राष्ट्रपति र उपराष्ट्रपति पदको रिक्तता कायम हुनुपूर्व, संविधानको मर्मअनुरुप म राष्ट्रपति पद ग्रहण गर्दछु।’

यस्तो घोषणा गरिरहँदा उनका दलका सांसदहरुले ताली बजाएर स्वागत गरे भने मोरालेसका पार्टीका सांसदहरुले जिनाइनको कदमलाई अवैधानिक भन्दै बैठक बहिस्कार गरे। बोलिभियाको संवैधानिक अदालतले जिनाइनको घोषणलाई समर्थन गरेको छ। मेक्सिकोमा रहेका मोलालेसले ट्वीट् गर्दै भनेका छन्, ‘यो इतिहासकै डरलाग्दो र खतरनाक कु हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.