|

जुम्ला : जुम्लाका गर्भवती महिलाले वर्थिङ सेन्टरमा सुत्केरी भएबापत पाउने  रकम पूर्णरूपमा नपाएको पाइएको छ।  जुम्लामा आइतबार  सार्वजनिक गरेको जनस्वास्थ्य कार्यालयको  वार्षिक समीक्षा गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो।

 अर्थिक वर्ष २०७५/०७६को प्रगति प्रतिवेदन तथा समीक्षा गोष्ठीमा जुम्लाको हिमा गाउँपलिका बाहेकका सुत्केरी महिलाले पूर्णरूपमा यातायात खर्चबापत दिइने सुत्केरी  भत्ता नपाएको देखिएको हो।

  तिला गाउँपालिका, कनकासुन्दरी गाउँपालिका लगायतका सुत्केरी महिलाले पूर्ण रुपमा सुरक्षित सुत्केरी  गराएबापतको प्रोत्सान  रकम  नपाएको वार्षिक  प्रतिवेदनमा देखाइएको छ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाभरीका स्वास्थ्य सस्थाको वार्षिक रुपमा भइरहेका गतिविधिहरुको  बारेमा  आइतबार समीक्षा गरेको थियो।  जुम्ला जिल्लाका ८ वटै तहका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा आर्थिक वर्ष २०७५।०७६ को  कार्य प्रगति र आगामी दिनमा हुने गतिविधिको बारेमा जानकारी गरिएको थियो।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका  कार्यालय प्रमुख प्रेम केसीले गत वर्षको तुलनामा संस्थागत सुत्केरी  हुने महिलाको संख्या बढ्दै गएको छ दाबी गरे।

स्वास्थ्य सेवा निर्देशनालयका वसन्त श्रेष्ठले आफूहरू भत्ता र सुविधा एक सयको दौडानमा पुर्‍याउन स्थानीयतहका स्वास्थ्य संयोजक तथा स्वास्थ्यकमी लाई निर्देशन दिएको बताए।

उनले भने, 'सरकारले  कुनै पनि  गर्भवती महिलाको पैसाको अभावमा मृत्यु नहोस भनेर नै स्वास्थ्य संस्थामा सुत्केरी  भएबापत खर्च दिने गरेको हो।'  उनले जनस्वास्थ्यको तथ्यांकमा पूर्णरूपमा सुत्केरी महिलाले भत्ता नपाएको प्रति सबै तहका स्वास्थ्य संयोजकहरुको ध्यानार्कषण गराए।  समन्वय समितिका कार्यवाहक अध्यक्ष जयराजभारतीले वार्षिक  प्रतिवेदनमा भएको कमी कमजोरीलाई सुधार गर्दै आगामी दिनमा स्वास्थ्यसेवा प्रभावकारी बनाउँदै लानुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.