|
प्रतीकात्मक फोटो

बागलुङ : मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बागलुङको बडीगाड गाउँपालिका २ मा तीनजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। खालिरहेको वडाअध्यक्षको लागि हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र समाजवादी पार्टीले मात्रै उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाच कार्यक्रम अनुसार बुधबार भएको मनोनयन दर्ताका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ढाल प्रसाद शेरचन, नेपाली कांग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल रानाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपाका खगिश्वर अर्यालको प्रस्ताव र राष्ट्रिय जनमोर्चाका प्रेमबहादुर पुनको समर्थनमा नेकपाबाट शेरचनले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै, नेपाली काग्रेसका उमेदवार डिलबहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहेका छन्। समाजवादी पार्टीका उमेदवार हरिलाल रानाको प्रस्तावकमा शिवबहादुर थापा, समर्थकमा खगी राना रहेको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बडीगाड गाउँपालिका-५ खार बजारमा बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गरिएको थियो। उपनिर्वाचनमा बडीगाड गाउँपालिका-२ मा १ हजार ७ सय ४२ मतदाताले मतदान गर्दैछन्। गत निर्वाचनमा निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि बडीगाड गाउँपालिका–२ खाली थियो।

बुधबार भएको मनोनयन दर्ताअनुसार बडीगाड २ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। केन्द्रीय सहमतीअनुसार यहाँ वडाअध्यक्षको लागि नेकपालाई राष्ट्रिय जनमोर्चाले सघाउने छ। यसअघिको निर्वाचनमा पनि राजमोको साथ लिएर जितेको नेकपाले शाख जोगाउने दाउमा छ। कांग्रेसले पहिलेको हारलाई जीतमा परिणत गर्ने दाउमा रहेको छ। सामाजवादी पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारसमेत त्यस क्षेत्रमा प्रभावशालि रहेकाले दुवै पक्षसँग प्रतिष्पर्धा गर्ने तयारीमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.