|

काठमाडौं : नेपालीहरुको दोस्रो ठूलो चाड भाइटीका सकिएको छ। तर यतिबेला तिहारमा जस्तै आदिवासी थारु समुदायका दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाइरहेका छन्।

आफ्नो मौलिक गीतमार्फत् उनीहरुले बुधबार राजधानीको माइतीघरमा दाजुभाइको दीर्घायुको कामना गरे। उनीहरुसँगै तराई क्षेत्रमा बसोबास गर्ने अन्य  समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई मनाएका छन्। 

यो पर्वका क्रममा बाँसको नाङ्लोमा काँचो माटोबाट विभन्‍न आकारका मूर्ति बनाइएका हुन्छन्। जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया,तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिन्छ।

कात्तिक शुक्ल द्वितीया तिथिदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्‍म थारु समुदायका दिदीबहिनी प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै होर्षोल्लाससहित मनाउँछन्। 

भाइटीकादेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका यो पर्वका क्रममा संघीय राजधानी काठमाडौंमा बसोबास गरिरहेका थारु दिदीबहिनीले बुधबार माइतीघरमा समा-चकेवा खेलेका छन्। 

थारु महिला समाजकी अध्‍यक्ष गीता चौधरीका अनुसार काठमाडौंमा थारु महिला समाजले  २० वर्षदेखि कुपण्डोल, बल्खु र टीकाथलीमा सामाचकेवा खेल्ने गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.