अध्यक्ष थापा अमेरिका प्रस्थान

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको छ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक र विविध पक्षबारे समीक्षा गर्न बुधबार बसेको पदाधिकारी बैठकले नेपालको भूभागलाई समेट्ने गरी प्रकाशित गरिएको नक्साबाट दुई देशबीचको सम्बन्धमा संशय पैदा भएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ।

राप्रपाका प्रचार विभागका प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ, ‘दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा हुँदैन।'

अमेरिकाको वाशिंगटनमा हुने अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको सम्मेलन र पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा भाग लिन पार्टीका अध्यक्ष कमल थापा बुधबार त्यसतर्फ जाने भएकाले दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीको सशक्त उपस्थिति र विजय सुनिश्चित गर्न सबै पदाधिकारीहरू र केन्द्रीय कार्यसमितिका सदस्यहरू अनिवार्य रूपले निर्वाचन हुने जिल्लामा परिचालन हुन पनि बैठकले निर्देश गरेको छ।

राप्रपाको विज्ञप्तिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.