|

दमक : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली समाज र पुर्खाको इतिहास नभुल्न आग्रह गरेका छन्। उनले इतिहास र समाजको खोजी र संरक्षण गर्न नयाँ पुस्तालाई आग्रह पनि गरेका छन्।

बुधबार दमक–७ स्थित पौडेल वंशोधार समितिको निर्माणाधिन भवनको अवलोकनका क्रममा उनले यस्ता संस्था र संरचनाले इतिहासको संरक्षण समेत गर्ने भएकाले नयाँ पुस्ताहरु पनि समेटिनु पर्ने धारणा राखेका हुन्। बिहिबार झापाको विर्तामोडमा हुने कार्यकर्ता प्रशिक्षणका लागि आएका उनले दमक ६ को लेखनाथ चोकमा रहेको कविशिरोमणि लेखान पौडेलको शालिकमा माल्यार्पण पनि गरेका थिए।

सो क्रममा उनलाई पौडेल वंश महासंघका अध्यक्ष लोकनाथ, महासचिव युवराज पौडेल, पौडेल वंशोधार समिति पूर्व केन्द्रिय अध्यक्ष भीम पौडेललगायतले स्वागत गरेका थिए। सो कार्यक्रममा भने उनले कुनै पनि राजनीतिक विषयमा कुरा गरेका थिएनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.