|

काठमाडौं : चर्चित लोकदोहोरी बालगायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक गरिएको छ। बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रीय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो।

क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन्।

पहिलो दोहोरी गीतबाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बजारमा आएको हो। कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा गीतमा आवाज दिएका छन्। सापकोटाले नै कमलालाई मिडियामा ल्याएका थिए।

गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्यसमेत गरेका छन्। शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.