|

काठमाडौंः विद्यालयमा स्वच्छ वातावरण निर्माण गरी पठन-पाठनमा  सघाउ पुर्‍याउन काठमाडौं महानगरपालिकाले १३ करोड रकम विनियोजन गरेको छ। 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी पठन-पाठन हुनुपर्ने बताए। उनले यसबाट परिवार र सिंगो समाजमा स्वच्छ वातावरण निर्माण गर्न सहयोग पुग्ने बताए।

बिहीबार काठमाडौंमा आयोजित ‘मधुमेह नियन्त्रणार्थ प्रधानाध्यापकको भूमिका’ विषयक गोष्ठीमा काठमाडौं महानगरपालिकाले मधुमेह रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण गरेको उनले प्रष्ट पारे। 

विद्यालयको स्वच्छ वातावरण निर्माणका लागि काठमाडौं महानगरपालिकाले १३ करोड बजेट चालू आर्थिक वर्षका लागि विनियोजन गरेको उनले जानकारी दिए। उनले भने,' विद्यालय तहको सुधार कार्यक्रममा थप सहयोग पुग्नेछ।'

प्रमुख शाक्यले नागरिकलाई रोग लाग्न नदिने खालका सबै कार्यक्रममा महानगरपालिकाले सक्दो सहयोग गर्ने धारणा व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.