|

तनहुँ : करेन्ट लागेर भारतीय दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय सागत आलम र २२ वर्षीय आजत आलम रहेका छन्।

मृत्यु भएका दुवैको वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार तनहुँको म्याग्दे गाउँपालिका २ जामुनेस्थित नवनिर्मित स्वास्थ्यचौकी भवनमा मार्वल विछ्याउने क्रममा करेन्ट लागेर आलमद्वयको मृत्यु भएको हो।

करिव १२ः३० बजे बिहीबार दिउँसो मेशिनमा जडित विद्युत सट हुँदा ती कामदारको मृत्यु भएको लामिछानेले बताए। दुवै शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको र उनीहरूको आफन्तलाई सम्पर्क गर्ने प्रयास भइरहेको उनले बताए।

मार्वल लाइटिङ गर्ने मेशिनमा विद्युत सट भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.