लक्ष्यको ७८ प्रतिशत मात्रै प्राप्ति

|

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा गत आर्थिक वर्ष भन्दा ३० प्रतिशत धेरै राजस्व बढाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा सरकारले जम्मा आठ अर्ब ५९ अर्ब रुपैयाँको राजस्व उठाएको थियो। चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ। गत वर्ष उठेको राजस्वको तुलनामा यो ३० प्रतिशत धेरै हो।

चालु आर्थिक वर्षको तीन महिनासम्मको अवस्था हेर्ने हो भने वृद्धिदर २.५९ प्रतिशत मात्रै छ। गत वर्षको पिहलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चार अर्ब ९९ करोड रुपैयाँ बढी राजस्व उठाएको छ।

तर असोज महिनाको मात्रै राजस्व परिणाम उल्टो देखिएको छ। गत असोज महिनामा सरकारले ७७ अर्ब ७१ करोड राजस्व उठाएको थियो। चालु आर्थिक वर्षमा भने जम्मा ६४ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाएको छ। यस हिसावले १३ अर्ब २६ करोड रुपैयाँ राजस्व घटेको छ।

असोज, कात्तिक महिनामा नेपालीका ठूला पर्व दशैँ तिहार हुने भएकाले अधिक आयत हुन्छ। यो समयमा त्यसकै अनुपातमा भन्सार राजस्व उठ्छ। त्यहीकारण राजस्व पनि बढी उठ्ने अनुमान गरिएको हुन्छ।

सरकारले चालु आर्थिक वर्षको असोज महिनामा ८७ अर्ब ३६ करोड राजस्व उठाउने लक्ष्य निरधारण गरेको थियो। तर लक्ष्यको जम्मा ७३ प्रतिशत मात्रै राजस्व उठाएका छन्। असोज महिनामै लक्ष्यको २७ प्रतिशत राजस्व कम भएको देखिन्छ।  

तीन महिना सम्मको स्थितिलाई हेर्दा सरकारले लक्ष्यको ७८ प्रतिशत मात्रै राजस्व उठाउन सकेको छ। तीन महिनाको अवधिमा सरकारले दुई खर्ब ५२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर एक खर्ब ९८ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ।  लक्ष्यको तुलनामा ५४ अउब ३९ करोड कम राजस्व उठेको छ।

कुनै शीर्षकमा पूरा भएन लक्ष्य, गत वर्षभन्दा घट्यो

चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकलाई हेर्दा कुनै पनि शीर्षकमा राजस्वको लक्ष्य पूरा हुन सकेको छैन। आठ शीर्षकका राजस्वमध्ये कुनै पनि शीर्षकमा लक्ष्य पूरा नभएको हो। गर्त वर्ष पनि यसैगरी लक्ष्य पूरा भएको थिएन। त्यसपहिलेको १० वर्ष भने लक्ष्यको तुलनामा सधैँ बढी राजस्व उठ्दै आएको थियो।

भन्सार महसुल

चालु आर्थिक वर्षमा राजस्वमा भन्सार महसुल घटेको छ। गत वर्ष ४२ अर्ब ४८ करोड रुपैयाँको राजस्व उठाएकोमा  चालु वर्षमा भने ३९ अर्ब आठ करोड रुपैयाँ मात्रै उठेको छ।

गत वर्ष असोजसम्म उठेको राजस्वको तुलनामा तीन अर्ब ४० करोड कमी रहेको छ। असोज महिनासम्ममा ५९ अर्ब ७६ करोड उठाउने भन्सार महसुल उठाउने लक्ष्य अर्थमन्त्रालयले लिएकोमा २० अर्ब ६८ करोड कम  भन्सार महसुल उठेको देखिएको छ।

तीन महिनाको अवधिमा  वार्षिक लक्ष्यको १८ प्रतिशत मात्रै भन्सार महसुल उठेको छ। चालु वर्षमा भन्सारम हसुलबाट दुई खर्ब १३ अर्ब २० करोड उठाउने लक्ष्य निर्धारण गरिएको छ।

भ्याट

राजस्वमा सबैभन्दा ठूलो योगदान रहेको मूल्य अभिवृद्धि कर (भ्याट) गत वर्षको तुलनामा चार अर्ब रुपैयाँ वृद्धि भएको छ। लक्ष्यको तुलनामा निकै कम राजस्व सकंलन भएको छ। यो शीर्षकमा पनि लक्षयको तुलनामा २० अर्ब कम राजस्व उठेको छ।

तीन महिनाको अवधिमा भ्याटबाट ६४ अर्ब ३९ करोड राजस्व उठाउने लक्ष्य निर्धाण गरिएकोमा ६१ अर्ब दुई कोड राजस्व उठेको छ। यस अवधिमा वार्षिक लक्ष्यको जम्मा २० प्रतिशत मात्रै राजस्व उठेको देखिन्छ। यस वर्ष भ्याटबाट तीन खर्ब १५ अर्ब राजस्व उठाउने सरकारो लक्ष्य रहेको छ।

अन्त शुल्क र शिक्षा सेवा

अन्त शुल्का लागि यस वर्षको लक्ष्य एक खर्ब ६९ अर्ब रुपैयाँ हो। तीन महिनाको अवधिमा उठाउने लक्ष्य ४२ अर्ब २७ करोड रुपैयाँको छ। तर असोज महिनासम्म ३२ अर्ब, ९० करोड रुपैयाँ उठेको छ। यो वार्षिक लक्ष्यको १९ प्रतिशत मात्रै हो।

त्यस्तै शिक्षा शेवा शुल्कमा पनि लक्ष्य पूरा भएको छैन। यो शीर्षकमा ३६ करोड १३ लाख उठ्ने लक्ष्य असोजसम्मको थियो। २२ करोड ७७ लाख रुपैयाँ मात्रै उठेको छ। वार्षिक लक्ष्य भने एक अर्ब १५ करोडको छ।

आयकर

आय करमा भने लक्ष्य नजिक उठेको छ। तीन महिनाको अवधिमा ३९ अर्ब ३० करोड रुपैयाँ उठ्ने लक्ष्य राखिएकोमा करिब ३५ अर्ब रुपैयाँ राजस्व उठेको छ।

आय करबाट सरकारले वार्षिक दुई खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। असोज महिनासम्म १२ प्रतिशत उठेको छ। तर चौमासिकमा धेरै आयकर उठ्ने भएकोले आयकर लक्ष्य अनुसार नै उठ्ने अर्थको अपेक्षा रहेको छ।

अन्य कर

अन्य कर शीर्षकमा पनि राजस्व करिब लक्ष्य नजिक पुगेको छ। असोज महिनासम्ममा ३१ अर्ब ३१ करोड राजस्व उठाउने लक्ष्य राखिएको थियो। यो अवधिमा लक्ष्यको तुलनामा दुई अर्ब कमी अर्थात २९ अर्ब ३२ करोड रुपैयाँ उठेको छ। वार्षिक लक्ष्यमा भने ११ प्रतिशत मात्रै अन्य कर उठेको छ।

यस शीर्षमा दुई खर्ब ४७ अर्ब राजस्व उठाउने लक्ष्य रहेको छ। गैर करतर्फ पनि असोज महिना सम्मको लागि करिब लक्ष्य अनुसार नै राजस्व उठेको छ। असोजसम्म २० अर्ब ६६ करोड उठाउने  लक्ष्य राखिएकोमा २० अर्ब ४६ करोड उठेको छ। वार्षिक लक्ष्यको तुलनामा १९ प्रतिशत गैर कर उठेको छ।

लक्ष्य नै ठूलो

अर्थविद्हरूले वर्तमान सरकारले करको लक्ष्य ठूलो राखेकाले समस्या भएको बताएका छन्। उनीहरुले राजस्व उठाउने उपाय पनि उल्टो अवलम्बवन गरेको दाबी गरेका छन्। गत वर्ष लक्ष्यको ९० प्रतिशत मात्रै  राजस्व उठेकोमा चालु आर्थिक वर्षको अवस्थामा पनि उस्तै छ।

‘वार्षिक लक्ष्य नै ठुलो राखिएको छ, जति राखे पनि उठ्छ भन्‍ने सोचाईले राजस्व लक्ष्य राखियो। त्यसको परिणाम गत वर्ष पनि देखिएको थियो, यस वर्ष पनि देखिएको छ,’ पूर्वअर्थमन्त्री डा. रामशरण महत भन्छन्। अर्थमन्त्री डा. युवराज खतिवडा भन्सारको लोभ नगरे पनि आयात घटाउन सरकार केन्द्रित भएको बताउँछन्।

तर पूर्वअर्थमन्त्री महत भने सरकारले भन्सार राजस्वको लक्ष्य ठूलो राखेको अवस्थामा भन्सार महसुल जति पनि बढाएर कर वृद्धि हुने सिद्धान्त राख्दा परिणाम नकारात्मक भएको दाबी गर्छन्।

अर्थमन्त्री खतिवडाले करको दर नभइ दायरा वृद्धि गरेको दाबी गरेका छन्। अर्थविद् डा. चन्द्रमणि अधिकारी भने करको दायारा विस्तारमा चुकेको र दरमा केन्द्रित भएकै कारण कम राजस्व उठेको दाबी गर्छन्।

‘दायारा वृद्धि भनेको जुन विषयमा कर लगाइएको छ, त्यसमा धेरै उठाउँदै लुकेको स्थानबाट कर उठाउन सक्नु हो,’ अधिकारीले भने, ‘हिजो छुट दिएको क्षेत्रलाई आज दिनुपर्छ भनेर कर लगाएपछि त्यो दर वृद्धिकै रुपमा गनिन्छ र परिणाम उल्टो देखिन थाल्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.