|
फाइल तस्विर

अर्घाखाँची : कपिलवस्तु मालपोत कार्यालयका दुई कर्मचारी ६ हजार घुससहित पक्राउ परेका छन्।

मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ। उनीहरूलाई अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ।

समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.