|

काठमाडौं : सनराइज बैंकले कैलालीको भजनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बिहीबार बैंकका नायब प्रमुख कार्यकारी अधिृकत आशा राणा अधिकारी र भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बैंकको १२३ औं शाखाको उद्घाटन गरेका थिए।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउन बैंकले देशका विभिन्न भागमा शाखा र एक्सटेन्सन काउण्टर बिस्तार गर्दै आइरहेको छ। बिहीबार नै भक्तपुरस्थित दधिकोटमा सातौं र काठमाडौं स्थित धापासीमा आठौं एक्सटेन्सन काउण्टर पनि बिस्तार गरेको छ। 

सनराइज बैंकले हालसम्म १२३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, आठवटा एक्सटेन्सन काउण्टर र १४४ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.