|

मुगु : छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको नमुना आधारभूत विद्यालयको निर्माणधीक भवन गोठमा परिणत भएको छ।

दुई वर्षअघि निर्माण सुरु गरिएको भवनको छाना नलगाउँदा भवन जीर्ण बन्नुका साथै गाई गोठमा परिणत भएइको छ। भवनको ढोका नभएकाले गाईगोरु कोठमाभित्रै जाने र बस्ने गरेको स्थानीयहरु बताउँछन्।

जिल्ला शिक्षा समन्वय कार्यालयको १६ लाख रुपैयाँ सहयोगमा दुई वर्षअघि भवन निर्माण सुरु भएको थियो। सम्झौताअनुसार काम नहुँदा भवन जीर्ण बन्दै गएको छ। विद्यालयका प्रधानाध्यपक कैलाश समान ढुवानीको जिम्मा लिएको ठेकेदारले समयमै समान ढुवानी नगर्दा निर्माण ढिलो भएको बताउँछन्। 

भौगोलिक विकटाले पनि काममा ढिलाइ भएको उनको भनाइ छ। भवनका लागि आवश्यक सामान सदरमुकाम गमगढीमा आइपुगेका र एक महिनाभित्र भवन निर्माण सकिने प्रधानध्यापक बढुवालको बताए।

विद्यालयमा भने भवन अभावले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एकै कोठामा राखेर पढाइँदै आइएको अभिभावकहरुको गुनासो छ। विद्यालयमा एक शिक्षक मात्र छन्। शिक्षक काम विशेषले सदरमुकमा गए विद्यालय बन्द गर्नुको विकल्प नभएको विद्यालय व्यावस्थापन समितका अध्यक्ष रुपसिंह कामीले बताए। शिक्षक दरबनदीका लागि धरै ठाउँमा पहल गरे पनि सुनुवाइ नभएको अध्यक्ष कामीको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.