|

खोटाङ : सीमा मिचिएको विषयलाई लिएर खोटाङमा विरोध र्‍याली निकालिएको छ।

भारतले नेपाली भूमिलाई आफ्नो नक्साभित्र समावेस गरेको बिरोधमा नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले बिरोध र्‍याली निकालेको हो। शिक्षक संगठनले शुक्रबार दिक्तेलमा ‘नेपाली भूमि अतिक्रमणको विरोध गरौं, राष्ट्रिय स्वाभिमान र अखण्डताका लागि एक जुट होऔं’ नारा लेखिएको कालो व्यानरसहित दिक्तेलबजारमा बिरोध र्‍याली निकालेको हो।

शिक्षक संगठनले अतिक्रमित नेपाली भूमि फिर्ता गराउन नेपाल सरकार समक्ष माग गरेको छ। नेपाली भूमि फिर्ता गराउन कुटनीतिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययमार्फत नेपाल सरकार समक्ष माग गरेका हुन्।

ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनकाजी राई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङलगायतले भारतीय हस्तक्षेपको बिरोध गरेका थिए।

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमानामा अतिक्रमण गरेको बिरोधमा निकालिएको र्‍यालीका क्रममा देशभक्ति भावका स्वदेश गानले दिक्तेलबजार गञ्जयमान बनेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.