वागलुङ : जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा देखिए स्वतन्त्र उम्मेदवारी दिएका शेरमान घर्ती। आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दिएका दलहरुले चुनावीसभालाई तीव्र बनाएका छन्। नेकपाले पनि आफ्नो चुनाव प्रचारको अभियानलाई तीव्र पारेसँगै पश्चिम बागलुङमा दर्जन बढी चुनावीसभा गरेको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मानिने घर्ती माओवादी केन्द्र र नेकपा एमालेका बीचमा पार्टी एकतापछि कुनै जिम्मेवारीमा नरहेपछि उनीहरूकै भाषामा निसीभूजी क्षेत्रका प्रभावशाली नेता हुन्।
संयुक्त वाम गठबन्धन बनाएर उम्मेदवारी दिएका खिम विक्रम शाहीलाई मत माग्र्दै शेरमान भल्कोट पुगेका थिए। गिलास चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गर्दै बाम उम्मेदवार खिमबिक्रम शाही सहितका नेताहरुको समुहमा उनि टोल टोलमा पुगेका छन्। यद्धपि उनले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न समय घर्केका कारण उनले क्लिप चिन्ह पाएका छन्।
कानुनी रुपमा उनी उम्मेदवार रहेर चुनाव चिन्ह पाएको भएपनि पत्रकार सम्मेलन मार्फत आँफु उम्मेदवार नरहेको घोषणा गरेका घर्तीले गिलासमा भोट मागिरहेका छन्। पार्टीले अन्याय गरेको भन्दै घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। भल्कोटमा जस्तै पश्चिम बागलुङमा भएका सबै चुनावीसभामा शेरमान पुगेका छन्।
भल्कोटमा भएको चुनावीसभामा शेरमानले भने ‘निसी, भुजी र तमानखोलाका जनताहरुको माग लिएर मैले उम्मेदवारी दिएको थिएँ। त्यो मागलाई पार्टीले सम्बोधन गर्ने सहमति गरेकोले अब मेरो पनि चुनाव चिन्ह गिलास हो।’ घर्तीले कुनैपनि चुना सभामा आफ्नो उम्मेदवारी पछिको घटनाक्रमलाई मात्रै जोडेर चुनावी प्रचार गरिरहेका छन् तर आफ्नो चुनाव चिन्हको विषयमा कुरै गदैनन्।
‘पार्टिमा वा तालमेलमा कुनै असन्तुष्टि होलान् ती सबै सम्बोधन भएर जान्छन’ बाम गठबन्धनबाट उम्मेदवार बनेका खिमबिक्रम शाही भन्छन् ‘शेरामानजी हाम्रो चुनावी कमाण्डर हो। उहाँले भरपुर सहयोग गरिरहनुभएको छ।’ उनले उप–निर्वाचनमा उम्मेदवार भए पनि प्राबिधिक कारण फिर्ता नभएको भन्दै शेरमान गठबन्धनकै पक्षमा रहेको बताए।
दुई नेता बर्खास्त र निलम्बन
शेरमानले पाएको चुनाव चिन्हको दुरुपयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी बागलुङले आफ्ना दुई नेताहरुलाई पार्टी सदस्य नै नरहनेगरी बर्खास्त र निलम्बन गरेको छ।
उम्मेदवारनै गिलासको प्रचार गर्दै हिँडिरहेका बेला उनले पाएको क्लिप चिन्हको प्रचार गरेको भन्दै नेताहरु ददिराम अर्याल र तुल्सीराम अर्याल कारबाहीमा परेका हुन्। शेरमानको उम्मेदवारी र त्यसपछिका घटनाक्रमलाई लिएर बागलुङ पश्चिमको राजनीतिक बृत्तमा अलग अलग खालको चर्चा चलिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।