|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-भारत सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्ने दाबी गरेका छन्। भारतले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभागमा राखेर सार्वजनिक गरेको नक्साको सन्दर्भमा मन्त्री ज्ञवालीले कूटनीतिक तवरबाट नेपाल सरकारले समस्या समाधान गर्ने बताए।

गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका-२ जुभुङमा नवनिर्मित स्वास्थ्य चौकीको  आइतबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपालको भूमि मिच्ने अधिकार कसैको नभएको बताए। मन्त्री ज्ञवालीले नेपाल सरकारसँग मिचिएका भूमिको यथेष्ट प्रमाणहरु रहेको दाबी गर्दै नेपाली भूमिमा कसैले आँखा लगाउन नसक्ने बताए।

नेपालले छिमेकी देशहरुसँग मित्रता कायम राख्ने काम गर्दै आएको भन्दै मित्रताको नाममा भूमि सुम्पिन नसक्ने बताए। नेपालले अन्‍तर्राष्ट्रियस्तरमा धमिलिएको छविलाई  सफा बनाउने कार्यमा वर्तमान सरकारले काम गरेको दाबी गरे।

भ्रष्टाचार गर्न नपाएर आत्महत्या गर्न थाले

अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेपालमा भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्न नपाएका कारण आत्महत्या गर्न थालेको दाबी गरे। उनले पहिले नेपालमा काम नगर्ने शक्तिको आडमा धम्क्याउने र ठग्ने प्रवृत्तिको अन्त्य भएको र उनीहरुका ठग्ने खाने गरेका प्वालहरु पुरै बन्द भएको दाबी गरे।

पहिले सानालाई ऐन ठूलालाई चयन हुने गरेको सन्‍दर्भमा हाल आएर जतिसुकै ठूलो मान्छेहरू भए पनि शक्तिको आडमा र पदका हैसियतले जसले गल्ती गरे पनि उसलाई क्षमादान गर्न नसकिने र कानुनी दायरामा ल्याएरै छाडने वर्तमान सकारको प्राथमिकता रहेको बताए।

गल्ती गर्ने कोही अपराधी उम्किँदैनन्

मन्त्री ज्ञवालीले निवर्तमान सभामुख र कांग्रेस सांसद आलमप्रति लक्षित गर्दै गल्ती गर्ने कसैलाई पनि शक्ति र पदका आधारमा क्षमादान गर्न नसकिने भन्दै विधिको शासनमा कोही अपराधीहरु उम्किन नपाउने दाबी गरे।  सोही कार्यक्रममा मन्त्री ज्ञवालीलाई गुल्मी दरवार गाउँपालिकाले अभिनन्दन गरेको थियो। 

जुभुङ स्वास्थ्या चौककिो नवनिर्मित भवन श्रेष्ठ कन्ट्रक्सन गुल्मीले १ करोण ५३ लाख ६१ हजार ६४५ रुपैयाँमा २०७३ साल असोज १४ गते सम्झौता गरी सम्पन्न गरेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय  आयोजना   कार्यान्वयन इकाइ रुपन्देहीका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.