काडमाडौं : प्रदर्शनकारीको आक्रमणबाट जिउ जलेर घाइते भएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्काको प्रहरी नायब निरीक्षक (सई) बढुवा भइएको छ। उनलाई नेपाल प्रहरीको पिसिजी बैठकले बढुवा गर्ने निर्णय गरेको हो।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा झडप हुँदा आक्रमणकारीले प्रहरीमाथि पेट्रोल छर्केर आगो लगाएका थिए। सोही क्रममा खड्का जलेर घाइते भएकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।