|

काठमाडौं :  पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। 

शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा छोरी भतिजी र बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर रमाइलो गरेको भिडियो सार्वजनिक भएको छ। 

प्रसन्न मुद्रामा नाइट क्लबमा पुगेर पूर्वराजा विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए। शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि फुकाल्न पुगेका थिए। पूर्व राजाको साथमा छोरीहरु र बुहारी हिमानी शाहले पनि त्यही डान्स पार्टीमा सहभागी भई साथ दिएका थिए।

२००४ साल असारमा जन्मेर नेपालको इतिहासमा दुईपटक राजा भएका उनी राजपाठ त्यागेर २०६५ सालदेखि नागरिक जीवन बिताइरहेका छन् । पूर्वराजा शाहको नाच हेर्ने दर्शकका रुपमा नायिका रिमा विश्वकर्मा, केकी अधिकारी लगायतका नायिका पनि क्लबमा देखिएका थिए। पूर्वराजाले नाचगान सकेर त्यहाँ उपस्थित इच्छुकहरुसँग खुसीसाथ सेल्फी पनि खिचेका थिए। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.