|

गुल्मी : गुल्मी जिल्लालाई खरका छानामुक्त जिल्ला बनाउने अभियानलाई यहाँका स्थानीय तहहरूले तीव्रता दिएका छन्। मालिका गाउँपालिका-६ अर्जेले भने कात्तिक १६ गते एक कार्यक्रमबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खरका छानामुक्त वडा घोषणा गरे।

मुसिकोट नगरपालिका गुल्मीमा कुल नौ सय ७४ खरका छाना भएका घरहरूलाई टिनका छाना बनाउनका लागि ३९६ घरहरुमा जस्तापाता लगाएको र बाँकी पाँच सय ७८ घरहरुलाई यस आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी माधव घिमिरेले जानकारी दिए। त्यसका लागि १ करोड  ५० लाख रुपैयाँ खर्च भइसकेको र यस आर्थिक वर्षका लागि २ करोड रकम विनियोजन गरेको घिमिरेले जानकारी दिए।

यस्तै रेसुंगा नगरपालिका गुल्मीमा कुल सात सय  घरधुरी खरका छाना रहेकोमा चार सयमा जस्तापाता लगाइसकेको र बाँकी तीन सय घरमा  यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत भक्त्तिराम मरासिनीले जानकारी दिए। हालसम्म ६२ लाख रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ।

रुरुले यसै आर्थिक वर्षमा सक्ने

रुरु क्षेत्र गाउँपालिकाले सात सय ४९ घरहरु खरका छाना भएकोमा एक सय २२ घरहरुमा  जस्तापाता लगाइसकेको र बाँकी एक सय २७ घरहरुमा यस आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी  रामप्रसाद ज्ञवालीले जानकारी दिए।

सत्यवती गाउँपालिकामा करिब आठ सय घरहरु खरका छाना भएका घरहरु रहेको र त्यी खरका छानाहरुलाई बिकस्थापित गनृका लागि अभियान यस आर्थिक बर्षबाट सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले जानकारी दिए।

चन्द्रकोट गाउँपालिकामा भने कुल आठ सय ४२ घरहरु खरका छाना भएकोमा तीन सय ६२ घरहरुमा जस्तापाताहरु लगाइएको र बाँकी चार सय ८० घरहरुमा जस्तापाता लगाउने अभियान जारी रहेको भन्दै त्यसका लागि १ करोण ७७ लाख बजेट बिनियोजन भइसेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानकारी दिए।

इस्माले पनि लगायो जस्तापाता

यस्तै इश्मा गाउँपालिकामा पाँच सय ४० घरहरु खरका छाना भएकोमा पाँच सय ११ घरहरुमा जस्तापाता लगाइसकेको र बाँकी २९ घरहरुमा कात्तिक महिना भित्रैमा सम्पन्न गर्ने गरी लागि परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेतले जानकारी दिए। जसका लागि एक करोड ६५ लाख रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ।

मदानेमा ४६९ घर जस्तपाता

मदाने गाउँपालिकामा सात सय ३६ घरहरु खरका छाना भएकोमा  चार सय ६९ घरहरुमा जस्तापाता लगाएको र बाँकी घरहरुमा अविलम्ब जस्तापाता लगाएर गाउँपालिकालाई मंसिर भित्रैमा खरका छानामुक्त गाउँपालिका बनाउने अभियानमा लागेको प्रमुख प्रशासकीय अधिकृत शुरेश भण्डारीले जानकारी दिए।

मालिकाको पनि अभियान

यस्तै मालिका गाउँपालिकामा एक हजार चारसय घरहरु खरका छाना भएकोमा एक हजार एक सय घरमा जस्तापाता लगाइसकेको र बाँकी चारसय घरघरुमा यस आर्थिक वर्षमा सम्पन्न गरी  हाल वडाबाट सुरुवात गरिएको र गाउँपालिकालाई नै खरका छानामुक्त गाउँपालिका बनाउने अभियानमा लागेको गाउँपालिकाका प्रबत्ता

एंव वडा नं ६ अर्जेका वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए।  जसका लागि २ करोण खर्च भइसकेको र १ करोण रुपैयाँ यस आर्थिक बर्षका लागि बिनियोजन गरेको गिरीले जानकारी दिए।

 यस्तै गुल्मीदरवार  गाउँपालिकामा चार सय ६४ घरहरु खरका छाना भएकोमा  एक सय ४७ घरहरुमा जस्तापाता लगाएको र बाँकी तीन सय १७ घरहरुमा जस्तापाता लगाउने अभियान रहेको सूचना अधिकारी नबराज भण्डारीले जानककारी दिए।  यस्तै छत्रकोट गाउँपालिकाले पनि यस आर्थिक बर्षमा  खरका छानाहरुलाई मुक्त गर्ने गरी लागिपरेको गाउँपालिकाले दाबी गरेको छ। 

नेपालमै पहिले सुरु गरेको धुर्कोटको दाबी

पदभार ग्रहण गरेको पहिलो दिन नै  आफूले धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गर्ने निर्णण गरेको धुर्केट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले बताए। गाउँपालिकामा आफू जितेर आएको २०७४ साल असार २८ गते पहिलो निर्णय गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका बनाउने अभियान नेपालमै पहिलोपटक आफूले लिएको पोखरेलले दाबी गरे।

गाउँपालिकाभित्र पाँच सय घरहरु खरका छाना भएकोमा हालसम्म चार सय ५५ मा जस्तापाता लगाइसकेको र बाँकी ४५ घरहरुमा मंसिर महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको पोखरेलको दाबी छ।

त्यसका लागि हालसम्म एक करोण ६० लाख खर्च भइसेको र बाँकी २० लाखमा सम्पन्न गर्न सकिने अनुमान गरिको पोखरेलले बताए।  यस्तै कालीगण्डकी गाउँपालिकाले आफूहरु हाल सुरुवाती चरणमा रहेको  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.