|

सिरहा : भारत बिहारको मधुवनी ललमनिया थानामा पर्ने बेल्हा ग्रामपञ्चायत कारमेघ पश्चिकम ६ बस्ने ४० वर्षीय झाँक्री राजकुमार यादवको हतयामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले पाँच नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाले गत कात्तिक २१ गते साँझ झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको साविक बडहरामाल ७ घर भई धनगढीमाई नगरपालिका १० धनगढी बस्दै आएका ३८ वर्षीय फुलगेन साह, धनगढीमाई ११ का १९ वर्षीय रामकुमार साह, मिर्चैया नगरपालिका ४ का २० वर्षीय जितेन साहरहेका छन्। त्यसैगरी धनुषाको कमला नगरपालिका ६ सखुवामडानका २५ वर्षीय अजयकुमार महतो र २१ वर्षीय राजलाल महतोलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।  

फुलगेन साहसँग झाँक्रीले करिब चार वर्षअघि छोरीको विवाहका लागि सापटी स्वरुप लिएको ८६ हजार रुपैयाँ माग्दा विवाद हुँदा रामकुमारलाई फोन गरी सिध्याईदिन्छु भन्दै दिएको धम्कीपछि योजना बनाएर हत्या भएको प्राम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

हत्यामा संलग्न रही पक्राउ परेकाहरुले झाँक्रीले रकम लिएर झारफुक गर्दा निको नभएको विषयमा गुनासो गर्दा उल्टै धम्क्याएपछि फुलगेनको योजनामा हतया गरेको स्वीकारेको एसपी चतुर्वेदीले उल्लेख गरे। 

झाँक्रीको हत्याको योजना बनाएपछि अभियुक्त रामकुमारले लहानमा रहेका उनलाई झुक्याएर सिरहा सदरमुकाम हुँदै सिरहा नगरपालिका १२ सारस्वर, गम्हरियास्थित कमला नदीको पूर्वी तटबन्धको बाँधमा पुर्‍याएपछि जितेनले घाँटी रेट्दै शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी अपिलराज बोहराले बताए।

अभियुक्तहरूले झाँक्रीको हत्यामा प्रयोग गरिएको खुकुरीसहित मृतकका मोवाइल, कपडालगायतका सामग्री सारश्वर बेलहा जाने बाटोमा पर्ने कल्भर्ट, धनगढी आँपचोक दक्षिण पोखरीमा भेटिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.