|

बाग्लुङ : खरका छाना विस्थापित गर्ने भन्दै बाग्लुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ।

‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए। 

कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो। नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर खरका छाना रहेका परिवारले जस्तापाता लिन प्रस्ताव आह्वान गरेको थियो। १६४ जनाले प्रस्ताव पेश गरेका नगरको महिला विकास शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताइन्। यस वर्षका लागि विनियोजन भएको १५ लाख रुपैयाँ बजेटबाट ४० घरका खरका छाना विस्थापित हुँदैछन्।

नगरपालिकाले प्रस्ताव गरेका घरमा प्राविधिक खटाएर घरको अवस्था र आवश्यक जस्तापाताका विषयमा लगत सङ्कलन गरेको थियो । तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर पहिलो चरणमा जस्ता वितरण गरेको रेग्मीले बताए। सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले खरका छाना भएका परिवारका लागि जस्तापाता हस्तान्तरण गरेको थियो । जस्तापाता हस्तान्तरण गर्दै प्रमुख पौडेलले गरीबीका कारण खरका छानामा बस्न बाध्य भएकालाई अनुदान दिएको बताइन्। 

यो वर्षको कार्यक्रममा जस्तापाता पाउनेमध्ये सबैभन्दा धेरै वडा नम्बर ११ रायडाँडा र वडा नम्बर १० भकुण्डेमा सात/सात परिवार छन्। वडा नम्बर १४ नारायणस्थानमा एक परिवारले मात्रै यो वर्ष जस्तापाता पाउने तथ्याङ्क नगरपालिकामा छ। प्रस्ताव आह्वानका क्रममा कतिपय वैकल्पिक व्यवस्था भएका घरले समेत माग गरी फारम पठाएकाले स्थलगत अनुगमन गरेर घर पहिचान गरेर मात्रै जस्तापाता वितरण गर्न लागिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.