|

डोल्पा : डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट भ्रष्टाचार न्यूनीकरण गर्ने पहिलो चरणको अन्तरक्रिया कार्यक्रम गर्न डोल्पा पुगेको टोलीले यस्तो बताएको हो।

भौगोलिक रूपमा विकट डोल्पामा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा भ्रष्टाचार हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए। डोल्पाका विकास निर्माणमा मिलेमतोमै चरम भ्रष्टाचार भएको भन्दै आयोगमा धेरै उजुरी परेको बताउँदै न्यूनीकरणका लागि स्यमं जनता पनि जागरुप हुनुपर्ने पौडेलले औँल्याए।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बजर बजारमा आयोजित जनप्रतिनिधि र स्थानीयबासीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाले जनप्रतिनिधिका लागि अख्तियारले धेरै राम्रो ज्ञान बाँडेको बताए।

अख्तियारले सिकाएका सम्पूर्ण कुराहरू मनन् गर्दै स्थानीयस्तरमा हुने विकास निर्माण योजनालाई पारदर्शी रूपमा समयमै सम्पन्न गरेर गुणस्तरीय विकास गर्न जनप्रतिनिधिहरूलाई निर्देशनसमेत दिए।

औषधि खरिदमा समेत भ्रष्टाचार

डोल्पाका विभिन्न स्वास्थ चौकीमा पठाइने अत्याआवाश्यक औषधि खरिदमा समेत भ्रष्टाचार भएको उजुरी परेको अख्तियारले जनाएको छ। औषधि खरिदमा भ्रष्टाचार गर्ने नियत राखेर नयाँ औषधि खरिद गरेको बिल भर्पाइ दाखिला गरेर पुरानौ मौज्दात औषधि देखाएर रकम दुरुपयोग गरेको पाइएको सो कार्यक्रममा बताइएको थियो।

डोल्पाका बीसौँ हजार जनताको भविष्यसँग जोडिएको औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई कुनै हालतमा नछोड्ने अख्तियारले चेतावनी दिएको छ। औषधि खरिदमा समेत मुनाफाको खेती गर्ने जनप्रतिनिधि वा कर्मचारीलाई कुनै हालतमा नछोड्न अन्तरक्रियामा सहभागीहरूले आग्रह गरेका छन्।

डोल्पामा जिल्ला अस्पताल र स्थानीय तहले लाखौँ रुपैयाँको औषधि खरिद गरे पनि स्वास्थ्य संस्थामा पटक–पटक औषधि अभाव हुने गर्दछ।

सेवा प्रवाहमा राजनति भयो

डोल्पाका स्थानीय तहका जनप्रतिनिधिले सेवा प्रवाह र विकास निर्माणमा समेत पक्षपात गरेको गुनासो बड्दै गइरहेकाले यसो नगर्न अख्तियार टोलीले निर्देशन दिएको छ।

सरकारको कुर्सीमा बसिकेपछि राजनीतिक पूर्वाग्रहको रूपमा नहेरी सबै जनतालाई समानरूपमा सेवा प्रवाह गर्नुका साथै आवाश्यकताका आधारमा मात्र विकास बाँडफाँड गर्नसमेत निर्देशन दिएको हो।

उक्त कार्यक्रममा स्थानीय तह आफैँ एक तहको सरकार भएकाले नीति बनाएर मात्रै विभिन्न कामहरू गर्नसमेत आग्रह गरिएको थियो। डोल्पामा शिक्षक नियुक्ति, सरुवा, बढुवा, विद्यालय भवन निर्माण, सडक निर्माणमा भ्रष्टाचार भएका मुद्दाहरू पनि धेरै आएको बताइएको छ।

भ्रष्टाचारीलाइ कारवाही भएन्

अख्तियार टोली डोल्पामा प्रत्येक वर्ष आउने गरेता पनि भ्रष्टाचार गर्ने एकजनालाई पनि कार्वाही नभएको अन्तरक्रियामा सहभागीहरूले गुनासो गरे।

धेरै पहिला परेको दुनै धो हुँदै ल्यासीक्यापसम्मको मोटर बाटो निर्माणको २२ करोडको मुद्दा, रुपगाड खोलाको पुल वर्षौंदेखि नबनेको, दुनै तटबन्धनका करोडौँ भ्रष्टाचार आदि योजनाका विषयमा छानविन गरेर कार्वाही गर्न नसकेको सहभागी देवीकृष्ण उपाध्यायले बताए।

अख्तियारजस्तो स्वतन्त्र निकाय सानातिना भ्रष्टाचार मात्रै नअल्झियर ठूलाठूला भ्रष्टाचारका मुद्दामा पनि केन्द्रित भएर जनविश्वास जित्नुपर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.