|

काठमाडौं : नेपाली कांग्रेसले रौतहटमा २३ जना भन्दा धेरैका जिउँदै हत्या गरेको अभियोग लागेका नेता मोहम्मद आफताव आलम आफूहरुले नै बनाएको कानुनले जेल पुगेको दाबी गरेको छ। 

मंसिर १४ मा हुने उपनिर्वाचनको पूर्वसन्ध्यामा क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो दाबी गरेका हुन्। 

‘आलम जेल जाने कुरा फौजदारी कानुनले तोकेको विषय हो’, शर्माले थाहाखबरले गरेको प्रश्नको उत्तरमा भने, ‘कांग्रेससहितले बनाएको कानुनले नै आलम जेल जान सम्भव भएको हो। फौजदारी अभियोग लागेपछि आलम स्वतः निलम्बन भइसकेका छन्।’

यसअघि आलमलाई प्रहरीले पक्राउ गरेलगत्तै कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्र मास्न खोजेको बताएका थिए। उनले आलम पक्राउविरुद्ध आन्दोलन नै थाल्ने चेतावनी पनि दिएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.