रुकुम : रुकुम पश्चिमको प्रशिद्ध धार्मिकस्थल 'डिग्रे मन्दिर' परिसरमा लाग्ने यस वर्षको मेलाबाट साढे १२ लाख रकम उठेको छ। मेलामा संकलन भएकाे सो रकम रुकुमको पर्यटन प्रवर्द्धन क्षेत्रमा नै खर्च गरिने मंगलबार डिग्रे मेला व्यवस्थापन समितिको बैठकमार्फत जानकारी गराइएको छ।
मेलाको बिभिन्न गतिविधिमार्फत १२ लाख ४० हजार २२४ रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि गौतमले जानकारी दिए। उनका अनुसार उक्त रकम मन्दिरमा चढाएका बोकाको टोउकाको बिक्रीबाट ५ लाख ९५ हजार ५९५, भेटी संकलनबाट ५ लाख ९ हजार ६८४, स्टलबाट १ लाख ३३ हजार र यज्ञबाट १ हजार ८४५ रुपैयाँ संकलन भएको हो।
मन्दिरमा संकलन भएको चामलको यसमा हिसाब उल्लेख गरिएको छैन। करिब ४० हजार रुपैयाँ आसपासको चामल संकलन भए पनि हाल बिक्री नभएको कारण आम्दानीमा रकम उल्लेख नगरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।
व्यवस्थापन समितिका अनुसार मेला व्यवस्थापन, मन्दिर रंगरोगन, बाटोमर्मत र धर्मशाला निर्माण लगायतका शीर्षकमा खर्च कटाएर ४ लाख ९७ हजार ४२५ रुपैयाँ बचत रहेको र उक्त रकम यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा खर्च गरिने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।