निर्यात प्रतिस्पर्धा र ऊर्जा व्यापार सहजीकरण नेपालकोको आवश्‍यकता

|

काठमाडौं :  विश्‍व बैंकले नेपालको अर्थतन्त्रका चुनौतीका रुपमा निर्यात प्रतिस्पर्धा बढाउने र सीमापार ऊर्जा व्यापारको लागि रुपरेखा तय गर्ने चुनौती रहेको औल्याएको छ।

मंगलबार विश्व बैंक ग्रुप र इन्सिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) ले सार्वजनिक गरेको सन् २०१९ मो दक्षिण एसियाली आर्थिक फोकस प्रतिवदनले यस्तो चुनौति देखाएको हो।

लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा बाह्‍य क्षेत्रको जोखिम बढाएको प्रतिवेदनले देखाएको छ। नेपालको आर्थिक वृद्धिदर अन्य देशको तुलना फरक रहेको उल्लेख गरिएको छ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय प्रमख अर्थशास्त्री डा. हान्स टिमरले नेपालको आर्थिक स्थिति अन्य देशको तुलनामा फरक रहेको बताए। थोरै निर्यात र अधिक आयात अर्थतन्त्रको चुनौती रहेको उनको भनाई छ।

दक्षिण एसिया क्षेत्रको विकेन्द्रीकरणमा आधारित रहेर सार्वजनिक गरिएको प्रतिवेदनमा आर्थिक वृद्धि उच्च रहे पनि स्थानीय सरकारको कार्य-सम्पादन क्षमता बढाउनु पर्ने जनाइएको छ। नेपालको सन्दर्भमा प्रमुख अर्थशास्त्री टिमरले अधिक विकेन्द्रीकरण खतरा हुन सक्ने उल्लेख गर्दै सेवा प्रवाहमा सुधार गर्नुपर्ने जोड दिएका छन्।

प्रतिवेदनले गरेको प्रक्षेपणअनुसार सन् २०२० मा ६.३ प्रतिशतको र सन् २०२१ मा ६.७ प्रतिशतको आर्थिक वृद्धि रहने छ। वर्तमान अवस्थामा यी राष्ट्रहरूमा लगानी र व्यापारमा अत्यधिक अनिश्चितता बढेको उल्लेख गरिएको छ।

नेपालको सन्दर्भमा  सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत र  सन् २०२१ मा ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सन् २०२० र २१ मा कृषि तर्फको वृद्धिदर ४ प्रतिशत, उद्योगको क्रमश ८.३ र ८.८ सेवा क्षेत्रको समान ७.२ प्रतिशत रहने प्रक्षेपण छ।

सन् २०२० दक्षिण एसियामा भुटानको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ७.४ रहने जनाइएको छ भने पाकिस्तानको सबैभन्दा कम २.४ प्रतिशत रहने प्रक्षेपण छ। छिमेकी देश भारका वृद्वदर ६.९ प्रतिशतको अनुमान गरिएको छ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ।

बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष छ।

स्थानीय सेवा प्रवाहामा सुधार गर्ने लक्ष्य राखी यी क्षेत्रका राष्ट्रहरूले विकेन्द्रीकरणलाई प्राथमिकतामा राखको र विकासको लागि एक पटक केन्द्रीकरण वा विकेन्द्रीकरण दुबैको आवश्यकता पर्ने उल्लेख गरिएको छ। 

विकेन्द्रीकरणबाट विकासको लागि केन्द्र र स्थानीय सरकारबीच निरन्तर अन्तरक्रिया र स्रोत बाँडफाँटको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।

विश्व बैंकले यस प्रतिवेदनको विकेन्द्रीकरणको कामको लागि प्रमुख नीतिगत मद्दा र चुनौतिलाई केन्द्रित गर्ने उलेलेख गिएको छ। विश्वव्यापीरुपमा आर्थिक वृद्धि घट्दै गएको र व्यापार र औद्योगिक उत्पादन स्थिर रहेको उल्लेख गरिएको छ। दक्षिण एसियाको समस्याका रुपमा खर्च र विकासको नतिजामा भौगलिक रुपमा डाटा अभाव रहेको उल्लेख गरिएको छ।

प्रतिवेदनले आप्रवासी प्राप्तदेशहरुमा भौगलिक तनाब र  तेलको अनिश्‍चिताले मूल्यमा पार्ने प्रभावको कारण रेमिट्यान्समा प्रभाव पार्न सक्ने जनाएको छ। रेमिट्यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्न सक्‍ने जनाएको छ।

त्यस्तै मौसम प्रतिकुलताको प्रभाव पनि नेपालको अर्थतन्त्रमा चुनौति रहेको औँल्याइएको छ। मौसिममा प्रतिकूलता आए कृषि उत्पादनमा असर गरेर यसले गर‍िबी निवारणमा असर गर्ने उल्लेख गरिएको छ। गरिवी न्यूनीकरण उल्लेख्य रहे पनि अझै जोखिम रहेको औँल्याइएको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा जुम्लाको चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाललले संघ प्रदेश र स्थानीय तहबिच समन्वयनको अभावमा दीगो विकास लक्ष हासिल गर्न प्रभाव पार्ने सचेत बन्नु पर्ने बताइनु।

विभिन्‍न ५० कानुन बनेपनि समन्वयनको अभावमा कार्यन्वयनमा आउन नसकेको उनको गुनासो छ। अब स्थानीय तह बलियो नभएसम्म संघीयता अर्थहीन हुने भन्दै उनले काम गरेर देखाउनु पर्ने चुनौती रहेको उल्लेख गरेकी छन्।

नेपालस्थित विश्वका बैंकका नेपाल निर्देशक फरिष्ट हाडाज जेभोर्सले यो प्रतिवेदनले नेपालसहित विकेन्द्रीकरणमा गएका दक्षिण एसियाली मुलुकको अवस्थाबारे चित्रण गरेकाे बताए। नेपालको सन्दर्भमा संघीय संरचना अबसर रहेपनि थुप्रै चुनौती रहेका बताए। स्थानीयतहको क्षमता अभिवृद्वि गर्नेतर्फ ध्यान दिनुपर्ने उनको जोड थियो।

प्रतिवेदनले विश्वव्यापी जिडिपीमा आएको कमी, व्यापार र औद्योगिक उत्पादनमा आएको स्थिरताको प्रभाव दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रमा पनि देखिएको उल्लेख गरिएको छ। दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको आर्थिक वृद्धि दर औषतभन्दा कम रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.