|

पोखरा : आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा भोट काटिने डरले यस अघि कायम भएको मापदण्डलाई सत्तारुढ दल नेकपा र महानगरले घटाउने भएका छन्। 

नेकपाले विद्या भट्टराईलाई फिर्के खोलाको मापदण्डले छोएका मतदाताले भोट नहाल्ने बताएपछि नयाँ राजनीति थालेको होे।  फिर्के पीडितको साझा उमेद्वार भनेर स्वतन्त्र उमेद्वारी दिएर चुनाव प्रचारमा लागेका सुनिल कोइरालालाई फकाउँदै लिखित सम्झाौंता गरेको छ। 

मापदण्ड भित्र रहेका घर तथा संरचना हटाउन ताकेता गरिरहेको महानगरले एकाकेक भोटको राजनीति गर्दै १० मिटरको मापदण्डलाई .१ मिटरमा झार्ने सम्झौंता गरेको हो। फिर्केको माफदण्डभित्र झण्डै २ सय घर पर्ने महानगरको स्रोतले बतायो।  फिर्के पीडितको साझा उमेद्वार भनेर कोइराला चुनावी मैदानमा उत्रिएपछि नेकपाले उनलाई पन्छाएर भोट आफ्नै पोल्टामा पार्ने राजनीति गरेको हो।

फिर्केको मापदण्ड घटाउने सहमति गर्न पूर्व स्वास्थ्यमन्त्री समेत रहेका खगराज अधिकारी, विद्याको चुनावका मुख्य कमाण्डर राजकाजी गुरुङ, पोखरा महानगरपालिकाका प्रवत्ता धनबहादुर नेपाली, पोखरा महानगरपालिकाका अधिकृत नारायण  शर्मा र फिर्के संरक्षण समितिका प्रतिनिधीले मंगलबार १० मिटरको मापदण्ड एक मिटरमा झार्ने सहमति गरेका हुन्।

सम्झौता भएअनुसार पोखरा महानगरका प्रवत्ता धनबहादुरले महानगरको अबको कार्यपालिकाको बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव पेश गर्नेछन र बहुमतबाट उक्त मापदण्ड पारित गरिनेछ।

उता स्वतन्त्र उमेद्वार कोइरालाले आफ्नो उमेद्वारीले फिर्के खोला पीडितहरुलाई अहिले आएर राहत भएको बताए। ‘मेरो उमेद्वारीले फिर्के खोलाका पीडितहरुलाई राहत मिलेको छ,’ कोइरालाले थाहा खबरसँगको कुराकानीमा भने, ‘मापदण्ड हटाउने ज्ञारेण्टी महानगरले गरेको छ। अब म भोट माग्दै, चुनावको प्रचार गर्दै हिँड्दिन मेरो नाममा जति भोट आउला आउला। मेरो उमेद्‌वारीको एक हिसाबले उदेश्य पुरा भएको छ।’

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फिर्केको मापदण्ड घटाउने सहमतिमा आफु नभएको बताए। ‘यस्ता सम्झौता भएका रहेछन भने पनि कार्यपालिकाको बैठकमा प्रस्तावको रुपमा पेश हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.