व्यापार सहजीकरणलाई प्राथमिकता दिइने

|

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)  को आयोजनामा बिहीबारदेखि काठमाडौंमा पावर समिट २०१९ सुरू भएको छ। तीन देशका मन्त्रीसहित ७५० ऊर्जाविद् तथा सरकारोवालाको उपस्थितिमा पावर समिट सुरु भएको हो।

सम्मेलनको उद्घाटान कार्यक्रमा नेपाल पावर एक्सचेन्ज लिमिटेड र इन्डियन इनर्जी एक्सचेन्जबीच पावर ट्रेड सम्झौता गरिएको छ।

इपानमा नै रहेका सदस्यहरूले सरकारले अनुमति दिएमा सोझै विद्युत बिक्री गर्ने लक्ष्यसहित पावर एक्सचेन्ज लिमिटेड दर्ता गराएका छन्। 

त्यस्तै एचआइडिसिएल र एनएचपिसीबीच पनि पावर ट्रेड सम्झौता भएको छ। दुई दिनसम्म चल्ने समिट प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने योजना थियो। तर अन्तिममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्।

समिटमा विद्युत् व्यापार, यसको सम्भावना, आवश्यक पूर्वाधारलगायतका विषयमा केन्द्रित रहेर एक दर्जन सत्रमा छलफल गरिने जनाइएको छ। 

सम्मेलनमा ऊर्जामन्त्री पुनले स्वच्छ ऊर्जा उत्पादनको लागि नेपाल उपयुक्त क्षेत्र भएको भन्दै लगानीका लागि आह्वान गरे। उनले १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार सरकारले सहजीकरण गरेको बताए। उनले नेपालमा उपयुक्त क्षेत्रीय व्यापार रहेको अवस्थामा सहज लगानी गर्नको लागि आग्रह गरे। 

बंगलादेशका ऊर्जामन्त्री नास्रुल हामिदले क्षेत्रीय व्यापार सहजीकरण र प्रशारण लाइन निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले यसअघि नै ५०० मेगावटको विद्युत लैजान बंगलादेशले सम्झौता गरिसकेको बताउँदै आफ्नो देशलाई थप ऊर्जा जरुरी रहेको बताए। 

भुटानका अर्थ मामिला मन्त्री लोकराज शर्माले भुटान नेपाल लगायतका देशले उत्पादनमा ध्यान दिनु पर्ने बताए। नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रमा लगानी र व्यापार सहजीकरणमा सहयोग गरेको बताए।

त्यस्तै इपान उपाध्यक्ष शैलेन्द्र गुरागाइँले नेपालल छोटो अवधिमा १८ घण्टाको लोडिसेडिङ चिर्दै  प्रयाप्त उत्पादन गर्न सफल भएको भन्दै अब व्यापार सहजीहरणलाई प्राथमकिता दिइने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.