शोधानान्तर नाफा १३ अर्ब पुग्यो, चालु खाता घाटा

|

काठमाडौं : देशबाट बाहिरिने रकम भन्दा देशभित्र आउने रकम बढी देखिएपछि चालु आर्थिक वर्षको पहिलो महिनादेखि नाफामा देखिएको शोधानान्तर नाफा पहिलो तीन महिनामा १३ अर्बमा पुगेको छ। 

पहिलो महिना पाँच अर्ब नाफामा देखिएकोमा दोस्रो महिना आठ अर्ब नाफामा पुगेको थियो। असोजमा नै व्यापार घाटा उच्च रुपमा घटेपछि तेस्रो महिना १३ अर्ब रुपैयाँ पुगेको हो। 

समीक्षा अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको तीन महिनासम्ममा ३१ करोड ६२ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको छ।

समीक्षा अवधिमा चालु खाता घाटा २७ अर्ब १८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८१ अर्ब ७४ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको तीन महिनासम्ममा ७१ करोड ५० लाख रहेको चालु खाता घाटा रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.